दफा २९
विद्यापरिषद्को गठन

(१) प्रत्येक संकायमा शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरुको सञ्चालनका लागि तोकिए बमोजिमको एक विद्यापरिषद् रहनेछ ।

(२) उपदफा (१) बमोजिमको विद्यापरिषद् अन्तर्गत तोकिए बमोजिमका विषय समितिहरु रहनेछन् ।

(३) विद्यापरिषद् र सो अन्तर्गतमा रहने विषय समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।